पछिल्लोपटक गरिएको एक अध्ययनले अधबैँशे उमेरका महिलाहरुले सेक्स सम्बन्धी पुस्तक पढ्न रुचाउने तथ्य फेला पारेको छ । बेलायतमा गरिएको अध्ययनले यस्तो देखाएको हो ।
४५ देखि ६० वर्ष उमेर समूहका झण्डै २ हजार महिलामा गरिएको अध्ययनका क्रममा दुइ तिहाइ महिलाले यौन सम्बन्धि विभिन्न अश्लिल सन्दर्भहरु राखिएका उपन्यास पढ्न रुचाउने गरेको पाइयो भने आधा भन्दा बढि महिलाले किताबमा हुने सेक्स सम्बन्धि विषय आनन्ददायक हुने धारणा राखे ।
त्यस्तै १० प्रतिशत महिलाले आफुले सक्रिय रुपले सेक्स सम्बन्धिका पुस्तकहरु खोजी खोजी पढ्ने गरेको बताएका छन् । अध्ययनका क्रममा ३३ प्रतिशत महिलाले अपराध सम्बन्धिका उपन्यासहरु पढ्न मन पराउने बताए ।